Is Jesus the only way to Heaven


के येशु स्वर्ग जाने एक मात्र बाटो हुन्?

“म वास्तवमा एक राम्रो मान्छे हुँ, त्यसैले म स्वर्गनै जानेछु” “ठीक छ, केहि गल्ती गरियो तर असल काम भने मैले बढी गरेको छु, त्यसैले म स्वर्गमा जान्छु।” ”परमेश्वरले मलाई नर्कमा पठाउनु हुन्न कारण म बाइबल अनुसार त जीवन जिउदिन तर समय बद्लिसक्यो”।” धेरै खराब बालबालिकाको हातपात गर्ने र हत्यारा जस्ता ब्यत्तिहरु मात्र नर्क जान्छन्”

यो सबै साधारण धारनाहरु सबै मानिसमा भएको हुनसक्छ, तर साँचो यो हो, यी धारणाहरु सबै झुठा हुन्।शैतान, संसारका हकदार हाम्रो मनमा यस्ता सोचाईहरु ल्याउँछ।शैतान र ऊसको मार्ग पछ्याउनेहरु सबै परमेश्वरको बिरुध्द हुनेछन्(१पत्रुश५:८)।शैतान हरेक पल्ट असल ब्यत्तिको रुपमा बद्लिएको हुन्छ(२कोरन्थी११:१४)। परमेश्वरको आफ्नै जनहरु बाहेक अरु सबै मानिसका सोचाई उसको बशमा रहेको हुन्छ “तिनिहरुका बिषयमा भनौं भने ख्रीष्ट, जो परमेश्वरको रुप हुनुहन्छ, ऊहाँको महिमाको सुसमचार तिनीहरुले नदेखुन् भनेर यस संसारको देवले अविश्वासीहरुको समझलाई अन्धो तुल्याईदिएको छ”(२कोरन्थी४:४)।

यो विश्वास गर्नु झुठ हो कि परमेश्वर साना तिना पापको वास्ता गर्नुहुन्न र नर्क सब अपराधि ब्यतिहरुका लागि मात्र तोकिएको ठाऊँ हो।सबै किसिमका पापले हामीहरुलाई परमेश्वर बाट छुट्याउँछ।यद्दपि एउटा सानो गल्ति किन नहोस्।सबैले पाप गरेका छन् र कोहि पनि आफ्नो असलताको कारण स्वर्ग पुग्ने छैन(रोमी३:२३) स्वर्गमा पुग्ने हाम्रो असल काम नराम्रो कार्य भन्दा बढी भएकोले गर्दा होइन, हामी सबै यस हेतुले हार्नेछौं। “तर अनुग्रहबाट हो भने यो कर्मको आधारमा होइन, नत्रता अनुग्रह अझ अनुग्रहनै रहने थिएन(रोमी११:६)हामीले कुनै असल काम गरेर पनि स्वर्ग कमाउन सक्दैनौं(तितस ३:५)

“सांघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ र यसबाट भित्र पस्नेहरु धेरै हुन्छन्।जीवनमा पुर्याउने ढोका साँधुरो हुन्छ”(मत्ती ७:१३)। यदि सबैजसो पापमय जीवन गुजारे पनि र परमेश्वरमा विश्वास गर्ने चलन प्रचलित नभएपनि परमेश्वरले छुट्काई दिनुहुन्न।”यीनैमा यस संसारका रीति अनुसार र आकाशको शत्तिको मालिक अनुसार अनाज्ञाकारिताका सन्तानमा अहिले काम गर्ने आत्मा अनुसार तिनीहरु अघि एक पल्ट चल्दै थियौ(एफिसी २:२)।

जब परमेश्वरले संसारको सृष्टि गर्नुभयो त्यो अति वास्तविक सुन्दरताले भरिएको थियो।सबैकुरा बिलकुल मिलेको थियो। त्यसपछि उहाँले आदम र इभलाई सृष्टी गर्नुभयो र उनीहरुलाई छुट्कारा दिनुभयो, जसले गर्दा ऊनीहरुले परमेश्वरको आज्ञा पालन र पछ्याउन चहाने वा नचाहाने हो भनि चुनाव गर्नसक्ने भए। तर आदम र ईभ जो परमेश्वरले सबभन्दा पहिले बनाउनु भयो, शैतानले परिक्षा लिएको बेला परमेश्वरको अनाज्ञाकारितालाई अपनाई पाप गरे। यसले गर्दा उनीहरुलाई छुट्याईयो र (सबै ब्यत्ति जो उनीहरु पछि आए,हामीले) पनि परमेश्वरको साथ नज्दिकको सम्बन्ध राख्न सकेनौं। उहाँ चोखो हुनुहुन्छ र पापका सामने आउन सक्नुहुन्न।पापीहरु भएकाले हामीले आफ्नो क्षमताद्वारा उहाँकाहाँ पुग्न सक्दैनौ।। त्यसैले परमेश्वरले एक बाटो रच्नुभयो जसले गर्दा हामी उहाँसंग फेरी स्वर्गमा जोडिन सक्छौं। “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर अनन्त जीवन पाआेस् (यहुन्ना३:१६) “किनकि पापको ज्याला मृत्यु हो। तर परमेश्वरको सित्तैको बरदान ख्रीष्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो(रोमी६:२३)।येशु जन्मिनु भयो ताकि उहाँले हामीलाई एकमात्र बाटो सिकाउन र हाम्रो पापको लागि मर्न आउनुभयो ताकि हामीले यसको भोग गर्न नपरोस्। तिनदिन पछि बौरी उठ्नुभयो(रोमी४:२५), मृत्युमाथि बिजयी प्रमाणित गर्नुभयो।उहाँले हाम्रो र परमेश्वर बिचको खाल्टो भरिदिनु भयो यदि हामी बिश्वास मात्र गर्छौं भने उहाँ संग हाम्रो ब्यत्तिगत सम्बन्ध जोडिने छ।

“अब अनन्त जीवन यहि हो कि तिनीहरुले तपाई एकमात्र परमेश्वरलाई चिनुन् र तपाईले पठाउनु भएको येशु ख्रीष्टलाई चिनून्”(यहुन्ना१७:३)। धेरै जसो मानिसहरु परमेश्वरमा बिश्वास गर्छन्, शैतानले पनि बिश्वास गर्छ।तर मुत्ति पाउन हामीले परमेश्वर तर्फ फर्किनु पर्छ,ब्यत्तिगत सम्बन्ध प्राप्त गर्न पापबाट टाढा फर्केर उहाँलाई पछ्याउनु पर्छ।

हामीले येशुलाई सबै चिजका लागि र हामीले गर्नुपर्ने सबै कार्यका लागि बिश्वास गर्नुपर्छ। हामी परमेश्वरका नजरमा येशुले हामीलाई धर्मी तुल्याउनुभएको छ जब हामीले हाम्रो पाप लैजानको निम्ति बिश्वास गरेका थियौं।यसै सिध्दान्त द्वारा हामीले मुत्ती पाउन सक्छौं चाहे कोहि ब्यत्ति हामी किन नहौं र जेसुकै गरको किन नहोस्(रोमी३:२२) बाइबलले सिकाउंछ कि यसमा अरु कुनै मुत्ती पाउने बाटो येशु बाहेक कोहि छैन। येशुले यहुन्ना१४:६मा भन्नुभयो”बाटो सत्य र जीवन म नै हुँ, म बाहेक कोहि पनि पिता कहाँ आउन सक्दैन।”

शु एकमात्र मुत्तीको बाटो हो किनभने उहाँले मात्र हाम्रो पापको ज्याला तिर्न सक्नुहुन्छ(रोमी ६:२३)।कुनै धर्मले पनि यस गहिरो वा पापको गहनता र यसको प्रत्यक्ष असर बारे सिकाएको छैन।येशु ख्रीष्टले पुरा गर्नु भएको जस्तो अरु कुनै धर्मले पनि अनन्त सम्मको पापको ज्याला चुकाएको छैन।कुनै“धर्मको शुरुवाटकर्ता” परमेश्वर मानिसको रुपमा प्रकट भएनन् (यहुन्ना१:१,१४)-एकमात्र उपाए जसद्वारा अनन्तको रिण चुत्ता हुनसक्छ। येशु परमेश्वर हुनुहुन्छ यसकारण उहाँले हाम्रो रिण तिर्न सक्नुहुन्छ येशु मानिसको रुपमा आउनुभयो ताकि उहाँ मृतक ब्यत्ति बन्नसक्नुभयो। मुत्ती एक तरीकाबाट येशु ख्रीष्टमा पुर्ण बिश्वास गरेर मात्र पाइन्छ।”अरु कसैमा मुत्ती छैन, किनकि हामीले मुत्ती पाउनलाई श्वर्गमुनि मानिसहरुमा अर्को कुनै नाउँ दिइएको छैन”(प्रेरीत ४:१२)

यदि तपाई येशु ख्रीष्टलाई ग्रहण गर्न चाहनु हुन्छ भने, यहाँ एक प्रार्थनाको उदाहरण छ। तर सम्झनुहोस्, यो प्रार्थना वा अरुकुनै प्रार्थनाले तपाईलाई बचाउन सक्दैन। ख्रीष्टमा पुर्ण भरोसा गरेर मात्र तपाईलाई पापबाट छुत्कारा पाइन्छ। यो प्रार्थना परमेश्वरलाई तपाईले ऊहाँमा गर्नु भएको विश्वास र अनन्त जीवन बरदान दिनु भएकोलागी धन्यवाद चधाउने एक साधारण अभिब्यत्ति मात्र हो।

”परमेश्वर, मैले तपाईको खिलाफ पाप गरेको छु र दण्ड भोग्नको योग्य छु। तर मेरो लायकको संजाय येशु ख्रीष्टले लिनु भयो ताकि उहाँमा विश्वास गरेर मलाई क्षमा भएको छ। म आफ्नो पापबाट फर्केर मेरो मुत्तीको लागी तपाईमा भरोसा गर्दछु। तपाईको महान अनुग्रह तथा पाप क्षमाको लागि - अनन्त जीवनको उपहारको लागि धन्यवाद दिन्दछु! आमेन!”




AMAZING GRACE BIBLE INSTITUTE