have eternal life


अनन्तको जीवन पाउनु भएको छ?

बाइबलले अनन्त जीवनको बाटो प्रत्यक्ष देखाउँदछ। सबभन्दा पहिले, हामीले परमेश्वरका बिरुध्द पाप गरेकाछौ भनेर चिन्नु पर्दछ: “किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्” (रोमी ३:२३)। हामी सबैले परमेश्वरलाई मन नपर्नेकुराहरु गरेका छौ , जसलेगर्दा हामी दण्ड भोग्नकालागी भागीदार थियौ। हामीहरुको पाप अनन्तका परमेश्वरका बिरुध्द भएकोले अनन्तको संजायले मात्र पुग्ने थियो।”किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो” (रोमी ६:२३)।

तरपनि, येशु ख्रीष्ट पाप रहित (१पत्रुश२:२२), परमेश्वरका अनन्त पुत्र एकमानिस बन्नुभयो(यहुन्ना१:१,१४) र हाम्रो वलिदानको लागि मर्नु भयो।”तर परमेश्वरले हाम्रा निम्ति ऊहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नु भयो” (रोमी५:८)। येशु ख्रीष्ट क्रुशमा मर्नु भयो(यहुन्ना१९:३१- ४२), हाम्रो निम्ति लायक दण्ड आफ्नो भार बनाइलिनु भयो(२ कोरन्थी ५:२१)। तीन दिन पछि ऊहाँ मृत्युबाट बौरी उठ्नु भएको छ (१कोरन्थी १५:१ - ४), ऊहाँले पाप र मृत्यु माथि बिजय हाशिल गर्नुभएको प्रमाणीत भएको छ। “परमेश्वर र हाम्रा प्रभु येशु ख्रीष्टका पिता धन्यका हुनुहुन्छ! ऊहाँको महान् कृपाले मृतकबाट येशु ख्रिष्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौं” (१पत्रुस १:३)

हामी आफ्नो पापबाट फर्कि विश्वासद्वारा मुत्तीका लागि येशुकाहाँ मोद्नु जरुरी छ (प्ररित ३:१९)। यदि हामी आफ्नो विश्वास ऊहाँमा राख्दछौ, ऊहाँको क्रुशको वलिदान बाट हाम्रो पाप क्षमाको भरोसा गर्दछौ भने, हामीलाई ऊहाँले क्षमा दिनुहुन्छ र स्वर्गमा अनन्त जीवनको बचन दिनु भएकोछ। “किनभने परमेश्वरले सँसारलाई यस्तो प्रेम गर्नुभयो, कि ऊहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि ऊहाँमाथि विश्वास गर्ने कोहि पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्” (यहुन्ना३: १६)। “किनकि यदि तिमीले येशुलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ, र परमेश्वरले ऊहाँलाई मरेकाहरुबाट जीवित पार्नुभयो भनी आफ्नो ह्रिदयमा विश्वास गर्यौ भने तिम्रो उद्वार हुनेछ(रोमी १०:९)। ख्रीष्टले क्रुशमा सिध्द्याउनु भएको काममा विश्वास गर्नुमात्र अनन्त जिवनको साँचो बाटो हो! “किनभने अनुग्रहबाट विश्वास द्वारा तिमिहरुले उद्वार पाएका छौ- र यो तिमीहरु आफैबाट होइन, यो त परमेश्वरको वरदान हो- कर्महरुद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ” (एफिसी २: ८- ९)।

यदि तपाई येशु ख्रीष्टलाई ग्रहण गर्न चाहनु हुन्छ भने, यहाँ एक प्रार्थनाको उदाहरण छ। तर सम्झनुहोस्, यो प्रार्थना वा अरुकुनै प्रार्थनाले तपाईलाई बचाउन सक्दैन। ख्रीष्टमा पुर्ण भरोसा गरेर मात्र तपाईलाई पापबाट छुत्कारा पाइन्छ। यो प्रार्थना परमेश्वरलाई तपाईले ऊहाँमा गर्नु भएको विश्वास र अनन्त जीवन बरदान दिनु भएकोलागी धन्यवाद चधाउने एक साधारण अभिब्यत्ति मात्र हो।

”परमेश्वर, मैले तपाईको खिलाफ पाप गरेको छु र दण्ड भोग्नको योग्य छु। तर मेरो लायकको संजाय येशु ख्रीष्टले लिनु भयो ताकि उहाँमा विश्वास गरेर मलाई क्षमा भएको छ। म आफ्नो पापबाट फर्केर मेरो मुत्तीको लागी तपाईमा भरोसा गर्दछु। तपाईको म




AMAZING GRACE BIBLE INSTITUTE